प्रारम्भमा कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्षको अध्यक्षतामा प्रारम्भिक बालविकास प्रारम्भिक निर्देशक समितिको गठन भएको थियो । निर्देशक समितिमा सामाजिक विकास मन्त्रालय र कृषि तथा सहकारी लगायत मन्त्रालयका सचिवहरू, निर्देशक, प्राविधक विज्ञ, प्रशिक्षक र सेभ द चिल्ड्रेनको सहभागिता रहेको थियो ।