चितवन। स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई प्रशिक्षण दिएको हो । परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई वैज्ञानिक रूपमा सुधार गर्ने कार्ययोजना अनुसार प्रशिक्षकलाई प्रशिक्षण दिईएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शैक्षिक मूल्याकनलाई खास स्तरको मापदण्डमा पु¥याई उच्च गुणस्तरयुक्त शिक्षा बनाउनका लागि स्तरीकृत परीक्षा प्रश्न निर्माण गर्नुपर्ने बताए । स्तरिकृत परीक्षा आगामी बर्षदेखि सञ्चालन गर्ने गरि तयारी गरिएको शर्माले जानकारी दिनुभयो । ‘हामी आगामी हुन लागेको एसईई परीक्षाको अंगे्रजी, गणित र विज्ञान विषयको प्रश्नपत्रलाई स्तरिकृत बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ, ’उनले भने, ‘त्यसैगरी कक्षा ८ र १२मा लिईने परीक्षालाई स्तरीकृत बनाउँछौँ ।’ स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सम्बन्धी तालिम देशभर सञ्चालन गरिएको उहाँले जानकारी दिए ।
७ सय ५३ स्थानीय तहमा प्रश्नपत्र निर्माणका लागि शिक्षकहरुलाई तालिम नै प्रदान गरिने योजना रहेको उनले बताए । ‘अहिले जिल्ला जिल्लामा प्रशिक्षक तयार हुँदै हुनुहुन्छ । उहाँहरुले स्थानीय तहमा गएर तालिम दिनुहुन्छ ।’ उनले भने, ‘स्थानिय तहदेखि केन्द्रिय तहसम्म प्रश्न बैंक खडा हुन्छ । त्यसबाट विद्यालयले परीक्षा सञ्चालन गर्न सक्छन् ।’
स्तरीकृत परीक्षणको निर्माण विज्ञहरुको समुहबाट प्रश्न निर्माण, प्रश्न सुधार, प्रश्न पूर्व परीक्षण, उपयुक्त प्रश्नको छनौट, प्रश्न बैंक निर्माण, समरुप परीक्षण तथा परीक्षा सञ्चालन जस्ता कुराहरु पर्दछन् । स्तरीकृत परीक्षामा निर्माण गरिएका प्रश्नहरु वैध र विश्वसनीय हुने शैक्षिक गुणस्तर परीक्षा केन्द्रका श्याम प्रसाद आचार्यले बताए । उनले वैद्यता कायम गर्न पूर्वपरीक्षण गरिएका प्रश्नपत्रहरुको प्रयोग गरी परीक्षा सञ्चालन गरिने बताए ।
मंगलबारदेखि सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण कार्यशाला पौस २१ गतेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागि भएका ३३ जिल्लाका अंग्रेजि, गणित र विज्ञान विषयका एक एक जना प्रशिक्षकको उपस्थिति रहेको छ । वाग्मती प्रदेशका १३, गण्डकीका ११, लुम्बेनीका ६, मधेश प्रदेशका ३ जिल्लाका प्रशिक्षकको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा अंग्रेजी विषयमा डाक्टर टिकाराम भट्ट, पशुरामा तिवारी, गणित विषयमा रमेश प्रसाद अवस्थी र विज्ञान विषयमा जयप्रकाश लाल श्रीवास्तव र खिलनारायण श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदी, भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौड्याल, स्तरीकृत परीक्षा एकाईका प्रमुख सुवा पन्त, शाखा अधिकृत विलबहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो ।