कहिले आउँछ संघीय शिक्षा ऐन ?



शिक्षा पत्रकार समूहले संघीय शिक्षा ऐन जारी गर्न दवावमूलक कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ता र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले संयुक्तरुपमा इ–पोष्टरको सार्वजनिक गरी सुरु गरेका हुन् । बुद्धको जन्मस्थल लुम्बिनीमा समूहले सञ्चालन गरेको ‘शिक्षा सुधारमा सँगसँगै’ अभियानको क्रममा पालिकाका जनप्रतिनिधि, शिक्षा अभियन्ता, शिक्षक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

इ–पोष्टरमा देशको विभिन्न भागका विभिन्न भाषा बोल्ने शिक्षकहरुको तस्बिर राखिएको छ । उनीहरुले आ–आफ्नो भाषामा संघीय शिक्षा ऐनको विषयमा बोलेको भिडियो शिक्षा पत्रकार समूहले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।