मधेशको शिक्षा कसको जवाफदेही  ?



-वीणा झा

मधेशको एक विद्यालयका प्रधानाध्यापकसँग केही साताअघि अनौपचारिक छलफल हुँदा ‘मधेशको शिक्षा कसको जवाफदेही रु’ भन्ने सवाल उठ्यो । मैले त्यसको जवाफ खोज्न थालें । त्यस क्रममा थप प्रश्न उब्जिए— शिक्षा खोक्रो भएर कुनै देश समृद्ध बनेको इतिहास छ

कुनै समय मधेशका शिक्षकले हिमाल तथा पहाडसम्म पुग्दै शिक्षा प्रदान गर्थे, आज मधेशकै शिक्षा यस्तो दयनीय अवस्थामा कसरी पुग्यो रु मधेश भत्किँदा देश बन्न सम्भव छ रु संविधानले आधारभूत शिक्षालाई मौलिक हकका रूपमा राखेको छ तर गुणात्मक शिक्षाको जिम्मेवारी कसको हो ?

अहिलेको समयमा कुनै पनि देशका लागि मानवस्रोत सबैभन्दा महत्त्वपूर्ण छ । यसको महत्त्वपूर्ण आधार नै विद्यालय शिक्षा हो । विद्यालय शिक्षाले समुदाय र राज्यलाई प्रत्यक्ष र प्रभावकारी रूपमा जोड्न सक्छ । यही माध्यमबाट राज्यले परिकल्पना गरेको जस्तो सामाजिक रूपान्तरणका आधारहरू निर्माण गर्ने बीउ समाजमा सहजै पुग्न सक्छ । समाजलाई ऊर्जावान् बनाउनेदेखि लिएर स्थानीय स्रोतसाधन उपयोग गर्ने ज्ञानले अवसर र सम्भावना देखाउन सक्छन् । त्यसैले विद्यालय शिक्षाप्रति राज्यले संवेदनशीलता बढाउनु अति आवश्यक छ । तर अहिलेको अवस्थामा केही विद्यालयमा बाहेक मुलुकभर विद्यालय शिक्षाको अवस्था सन्तोषजनक छैन । त्यसमा पनि मधेशमा कहालीलाग्दो अवस्था छ । मधेशको शिक्षाप्रति राज्य नै उदासीन देखिन्छ ।

ती प्राध्यापकसँग छलफल भइरहेका बेला कक्षा ११ को भर्ना प्रक्रिया चल्दै थियो । प्रधानाध्यापक कार्यकक्षमा कक्षा ११ को नयाँ शैक्षिक कार्यक्रमको खाका कोरिरहेका थिए । यत्तिकैमा एक विद्यार्थी आफ्नो अभिभावकसहित प्रवेश गरे । त्यही विद्यालयमा कक्षा ९ मा पढ्दै गरेका ती विद्यार्थी केही दिनदेखि कक्षामा अनुपस्थित रहेछन् । त्यसैले प्रधानाध्यापकले उनलाई ‘किन यतिका दिन विद्यालयमा नआएको रु’ भनेर सोधिनसक्दै अभिभावकले ‘छोरालाई कक्षा ११ मा भर्ना गर्न ल्याएको’ भनेर जवाफ दिए । उनले अझ हौसिँदै थपे, ‘राम्रै अंकले पास भएको छ, विज्ञान पढ्ने भन्दै छ । यता विज्ञान संकायको राम्रो पढाइ हुन्छ भनेर बाबुलाई भर्ना गर्न आएका हौं ।’

प्रधानाध्यापक ट्वाँ परे । उनले अचम्म मान्दै प्रमाणपत्र मागे र ओल्टाईपल्टाई पटक–पटक हेरे । आफ्नै विद्यालयमा कक्षा ९ मा पढ्ने विद्यार्थीले कसरी अर्को विद्यालयबाट एसईई दिन पायो रु उनलाई विश्वास नै भइराखेको थिएन । तर राम्रो अंकसहित एसईई उत्तीर्ण गरेको प्रमाण हातमै थियो । उनले अभिभावकलाई प्रवेश परीक्षामा विद्यार्थीलाई सहभागी गराउने प्रक्रिया पूरा गरेर जानू भनेर बिदा गरे । त्यसपछि प्रधानाध्यापकले केही सहकर्मीलाई कार्यकक्षमा बोलाएर कसरी यस्तो भयो भनेर जिज्ञासा राखे । सहकर्मीहरूको जवाफले उनी झन् छक्क परे । ती विद्यार्थी त प्रतिनिधि पात्र मात्रै रहेछन् । थुप्रै विद्यार्थीले एउटा विद्यालयमा पढ्दापढ्दै अर्को विद्यालयमा माथिल्लो कक्षाको परीक्षा दिँदा रहेछन् । निजी विद्यालयमा कक्षा लिने र एसईई सामुदायिक विद्यालयबाट दिने चलन पनि बढेको रहेछ । यसलाई के भन्ने रु शिक्षामा आएको विकृति भनेर एकअर्कामाथि दोषारोपण गर्दै पन्छिन मिल्छ रु कि सरकार निरीह भयो भन्दै उदासीनता देखाएर पुग्छ रु राजनीतिक दलहरूका लागि यो विषय संसद्मा

प्रवेश गर्ने खालको होइन ?

मधेश प्रदेशको साक्षरता दर अरू प्रदेशको भन्दा कम छ । मुलुकको समग्र साक्षरता दर ७६।२ प्रतिशत हुँदा मधेशको ५४।७ प्रतिशत मात्र छ । सबैभन्दा कम साक्षरता दर भएको जिल्ला मधेशको रौतहट हो जहाँ ४९।४८ प्रतिशत मात्र छ । नेपालका ६४ जिल्ला र ५ प्रदेश पूर्ण साक्षर घोषित भइसके तर मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षर भएको छैन । ७७ जिल्लामध्ये कम साक्षरता दर भएका ५ जिल्लामध्ये ४ वटा रौतहट, महोत्तरी, सर्लाही र बारा मधेशमै पर्छन् । खाली पेट, असुरक्षित खेत र गुणात्मक शिक्षाको अभावले मधेशको रूपान्तरण सम्भव छ रु मधेशको शिक्षालाई बेवास्ता गर्दै जाने हो भने यसले ल्याउने परिणाम के हुन्छ रु टोलपिच्छे भेटिने भव्य प्रवेशद्वार अनि खाली खुट्टा हिँडिरहेका सेवाग्राहीबीचको सम्बन्धझैं देखिन्छ सरकार र मधेशको सम्बन्ध ।

कंक्रिटप्रेम झल्किने विद्यालयका ठूलठूला भवनले मात्रै मधेशको शिक्षाभित्रको शून्यतालाई घटाउन सक्लान् रु कुनै समय मधेशका शिक्षकले पहाड र हिमालसम्म पुगेर देशको शैक्षिकस्तर उकास्न गरेको योगदान र आज मधेशमै शिक्षकको अभावका बीच तारतम्य के होला रु कहिले बुझ्ने रु निजी विद्यालयमा पढाउँदै गरेका एक प्रतिभाशाली विषयविज्ञ व्यक्ति शिक्षक सेवा आयोगमा नाम निकालेर जब सामुदायिक विद्यालयमा पुग्छन्, उनको क्षमताको भरपूर उपयोग गर्न सम्बन्धित विद्यालयले किन सकेको छैन रु यो विषयमा कसले सोच्ने रु शिक्षाको गुणस्तरका लागि शिक्षकलाई मात्रै दोष दिन मिल्छ रु तिनको क्षमता बढाउने, सिक्ने वातावरण बनाउने र उत्साह थप्ने जिम्मा कसको रु

विद्यालयमा भौतिक साधनस्रोतको सम्पन्नताले मात्रै गुणात्मक शिक्षाको सुनिश्चितता दिन सकिन्छ रु शिक्षकहरूलाई सम्मानका साथ विद्यालयमा बस्ने र खुसीसहित ज्ञानको ऊर्जा लिएर कक्षाकोठामा जाने वातावरण बनाउनु पर्दैन रु ‘यी मास्टर त हुन्’ भन्दै होच्याउने प्रवृत्तिले तिनको मनोबल गिराउँछ । त्यसको असर कुनै एउटा विद्यार्थीलाई मात्रै होइन, समग्र देशलाई नै पर्छ । शिक्षकलाई जवाफदेह बनाउन, पेसाप्रति लगाव बढाउन सम्बन्धित सम्पूर्ण सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुन्छ ।

समग्रमा, विद्यालय शिक्षाप्रति सरकारको उदासीनता र निरीहताले समाजलाई सक्षम पुस्ता दिन सक्दैनस देशले असल नागरिक पाउन सक्दैन । त्यसैले यसप्रति विशेष संवेदनशील हुन आवश्यक छ । त्यसमाथि मधेशको विद्यालय शिक्षालाई केन्द्रमा राख्न जरुरी छ । कान्तिपुरबाट