कृष्ण मल्ल नेपालका शिक्षा पत्रकार हुन् । उनी नेपालको शिक्षाका वहुआयामीक मुद्धाहरुमा स्थलगत रिपोर्टिङ, खोजपूर्ण लेखका साथै अध्ययन–अनुसन्धानमा संलग्न छन् । नेपालमा शिक्षा पत्रकारिताको विकास सँगसँगै नेपालको शिक्षा नीति तथा अभ्यासलाई जोडी विशेषतः नेपालको सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा उनले उल्लेख्य भूमिका वहन गरेका छन् ।
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, राष्ट्रिय शिक्षा पुरस्कार लगायत दुई दर्जन बढी शिक्षा पुरस्कार प्राप्त गरिसकेका मल्ल विगतमा पाठशाला मासिकको सम्पादक थिए । हाल उनी शिक्षा पत्रकार समुहको अध्यक्ष, ‘क’ वर्गको बुटवल टुडे राष्ट्रिय दैनिकका सम्पादकका साथै शिक्षक मासिकमा समेत आबद्ध छन् ।