सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन्। बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन्। ‘यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्’, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने, ‘न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको […]

त्रिविको उपकुलपति बन्न ४३ प्रतिस्पर्धी


काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपति बन्न दुई महिलासहित ४३ जना प्राध्यापकले खुला प्रतिस्पर्धाका लागि आकांक्षा देखाएका छन् । आवेदन दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाको आवेदन परेको उपुकलपति सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए । त्रिविको उपकुलपति बन्न ४३ प्रतिस्पर्धी ‘आवेदन भेरिफाई गरिँदै छ । अपुग कागजात भए माग गर्छौं । विज्ञ टोली बनाएर […]

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका


  ढोरपाटन । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिरहेको हो । हालसम्म गलकोटका १२ विद्यालय समायोजन भइसकेका छन् भने केही हुने चरणमा छन् […]

विद्यालय शिक्षा विधेयक संशोधन मात्रै कि पुनर्लेखन हुन्छ ?


काठमाडौँ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन कि संशोधन मात्रै हो भन्दै प्रश्न गरेका छन्। संसद्को शिक्षा समितिमा विधेयकबारे आफ्नो धारणा राख्दै कोइरालाले विधेयक संशोधन मात्रै कि पुनर्लेखन समेत हुने हो भन्दै प्रश्न गरेका हुन्। ‘मेरो पहिलो प्रश्न यो समितिले विधेयकमा संशोधन मात्रै गर्ने हो कि पुनर्लेखन नै गर्ने ल्याकत राख्छ। विधेयक […]

गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को


बझाङ । बझाङको थलारास्थित कालिका आधारभूत विद्यालय बिस्खेतका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उनको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ । खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी तथा विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाहीलाई विद्यालयबाट बाहिर जान खासै मन हुँदैन । एक दशकअघि र […]

विद्यार्थीलाई पढाइसँगै पञ्चेबाजा बजाउन सिकाउने विद्यालय


बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्। कक्षा २ देखि १० सम्मका छात्र/ छात्रा अध्ययनका अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्छन्। विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियार विद्यार्थीलाई बाजा बजाउन सिकाउँछन्। कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का […]

सार्वजनिक शिक्षा सुधार्न स्पष्ट हस्तक्षेप खोइ ?


अहिले संसद्को शिक्षासम्बन्धी समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकको पेचिलो मुद्दाका रूपमा निजी विद्यालयहरूलाई गैरमुनाफा मोडमा लैजाने विषय उठेको छ । पक्कै हो, निजी तवरमा चलाइएका नाफामुखी विद्यालयहरूको व्यवस्थापन विद्यालय शिक्षा व्यवस्थापनको प्रमुख पाटो हो तर यति–उति वर्षमा यी विद्यालय गुठीमा लैजाँदैमा मात्र हाम्रो शिक्षा सुध्रँदैन । सार्वजनिक शिक्षा सुधार्न स्पष्ट हस्तक्षेप खोइ ? आम रूपमा यी […]