‘सामुदायिक शिक्षा बुझेका जनप्रतिनिधि एकजना पनि भेटिनँ’


  समाजशास्त्री राम गुरुङले धादिङ, लमजुङ र संखुवासभा जिल्लाका सामुदायिक विद्यालयको अवस्था, शैक्षिक गुणस्तर र स्थानीय तहको भूमिका विषयमा अध्ययन गरे । अध्ययनको क्रममा आफूले सामुदायिक विद्यालयहरुको शिक्षा एक प्रकारको गन्जागोलमा रुमल्लिरहेको निष्कर्ष निकाले । त्यसैले उनी भन्छन्, ‘सबभन्दा पहिला त गुणस्तरीय शिक्षाको आधारभूत अवधारणा नै स्पष्ट पार्नुपर्ने देखें मैले ।’ सरकार, विद्यालय, अभिभावक सबैको […]

अभिभावकलाई बोलाउन बाटोमा बोर्ड टाँगिएको गाउँको यो विद्यालय 


दाङको पहाडी बस्तीको एउटा विद्यालय जहाँ पूर्व प्राथमिकदेखि बाह्र कक्षासम्ममा एक हजारभन्दा बढी विद्यार्थी पढ्छन्। यो एउटा यस्तो सामुदायिक विद्यालय हो जसले अभिभावकलाई विद्यालय आउन आह्वान गरेर सडक किनारामा एउटा बोर्ड नै राखेको छ। यो हो दाङको झेलनेटा स्थित सुधा माध्यमिक विद्यालय। विद्यालय बाहिरको सडकमा एउटा अचम्मको बोर्ड छ। जहाँ लेखिएको छ– अभिभावकज्यू नमस्कार। ‘कता […]

प्रारम्भिक बालविकास रणनीति २०७९ (कर्णाली प्रदेश)


प्रारम्भमा कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्षको अध्यक्षतामा प्रारम्भिक बालविकास प्रारम्भिक निर्देशक समितिको गठन भएको थियो । निर्देशक समितिमा सामाजिक विकास मन्त्रालय र कृषि तथा सहकारी लगायत मन्त्रालयका सचिवहरू, निर्देशक, प्राविधक विज्ञ, प्रशिक्षक र सेभ द चिल्ड्रेनको सहभागिता रहेको थियो । Karnali_ECD_Strategy(2)

जुवेदा खातुनको यात्रा : स्कुलदेखि संसदसम्म


काठमाडौं : सात वर्ष अगाडिसम्म जुवेदा आफ्ना छोरीसँगै स्कुल जान्थिन् । यो रुटिन अहिले कलेज पुग्दा भने केही फेरिएको छ । कलेजसँगै जुवेदाको दैनिकीमा संसद जानुपर्ने जिम्मेवारी पनि थपिएको छ । सात कक्षा पढ्दापढ्दै ०५६ मा परिवारको दबावमा स्कुल छाडेर विवाह गर्नुपर्‍यो जुवेदाले । विवाहको १५ वर्षपछि उनी जेठी छोरी हिनासँगै ८ कक्षामा भर्ना भइन् […]

सार्वजनिक शिक्षा पूर्ण रूपमा निःशुल्क हुनुपर्छ : शिक्षक संगठन


काठमाडौं : सरकारले सार्वजनिक शिक्षा प्रणालीमा लगानी बढाएर सबैका लागि पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने माग शिक्षक आबद्ध संघसंस्थाले गरेका छन्। शिक्षाको क्षेत्रका कार्यरत नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियनले लगानीसँगै सार्वजनिक शिक्षाको गुणस्तर पनि वृद्धि गरिनुपर्ने माग राखेका छन्। शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत र जिडिपीको ६ प्रतिशत […]

१४ वर्षपछि स्ववियु चुनाव हुँदै


काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले पटक–पटक स्थगित हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियन चुनाव गराउन तयारी थालेको छ । आगामी फागुनमा चुनाव गराउन विद्यार्थी संगठनसँग अनौपचारिक छलफलमा रहेको विश्वविद्यालयले मंगलबार डिनहरूसँग परामर्श गरेको छ । शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ । परिषद्मा ९ वटै संस्थान र संकायका डिन सदस्य रहन्छन् । विद्यार्थी […]

शिक्षाको सोच पत्र – २०७९


शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य, पन्ध्रौं योजनाले परिलक्षित गरेको शिक्षासम्बन्धी समष्टिगत उद्देश्यका साथै राष्ट्रिय शिक्षा नीति समेतलाई दृष्टिगत गरी शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न यो सोचपत्र तयार गरिएको छ। यस सोचपत्रलाई दुई चरणमा कार्यान्वयन गरिने छ । पहिलो चरणमा भएका कानुनको कार्यान्वयन र आवश्यकताअनुसार कानुन परिमार्जनमार्फत् सोचपत्रको कार्यान्वयन गरिने छ । दोस्रो चरणमा आवश्यक […]