त्रिवेणी माविमा च्याउ फलाउदै विद्यार्थी


कटारी : उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउखेती गरेका हुन् । ‘किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौं’, […]

सिन्धुलीको मरिणमा १२ कक्षासम्म निःशुल्क शिक्षा


  सिन्धुलीमाढी : सिन्धुलीको मरिण गाउँपालिकाले आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेको छ । सरकारले हालसम्म कक्षा ८ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाउँपालिकाले आन्तरिक स्रोतमा कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँ सभाबाट पारित गरी कक्षा १२ सम्मको […]

दिगो विकास लक्ष्य ४ः बजेट अभावका बीच लक्ष्य पूरा गर्न सरकारलाई दबाब


काठमाण्डौं : सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम राम्रा भएपनि बजेट अभावमा कार्यान्वयन हुन नसक्ने उनीहरुको भनाइ छ । शिक्षा पत्रकार समूहले आयोजना गरेको दिगो विकास लक्ष्यः ४ कार्यान्वयनको स्थिति, चुनौति र अवसर’ विषयक अन्तक्र्रियामा बोल्ने अधिकांशले तीनवटै […]

केशरमहलमा कुहिदै शिक्षा मन्त्रालयका कागजात !


काठमाडौँ — शिक्षा मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौंदेखि बेवारिस छाड्दा केशरमहलको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ । निर्माण कम्पनीले पुराना कागजातसहित काठपात हटाउन पटकरपटक ताकेता गरे पनि मन्त्रालयलगायत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो गरेको छ । केशरमहल परिसरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित पुस्तक, प्रतिवेदन, निर्णयपुस्तिका, टिप्पणी, फाइल लगायत अन्य कागजात गलिसकेको अवस्थामा भेटिएको छ । पुस्तकालय […]