अनलाइन सेवाको गृहकार्यमा त्रिविको पनिका, प्रमाणपत्र घरमै पुर्‍याइदिने लक्ष्य


काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अधिकांश काम घरमै बसीबसी अनलाइन माध्यमबाट गर्न मिल्ने व्यवस्था मिलाउँदै छ । ट्रान्सकृप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्ने, रिटोटलिङ गर्ने लगायतका अधिकांश काम अनलाइन माध्यमबाट गराउने तयारी छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यसका लागि सबै तयारी पूरा भएको छ र जनशक्ति व्यवस्थापनको काम बाँकी छ । […]

विद्यालय शिक्षा विधेयकमा व्यवस्थापन समिति महासंघको ६ बुँदे संशोधन प्रस्ताव


काठमाडौँ । विद्यालय व्यवस्थापन समिति महासङ्घले विद्यालय शिक्षा विधेयकमाथि ६ बुँदे संशोधन प्रस्ताव गरेको छ । संसद्को शिक्षा समितिको बैठकमा आफ्ना सुझावहरू राख्दै महासङ्घले उक्त प्रस्तावहरू राखेको हो । महासङ्घले विधेयकमा समावेश विषयमा कस्तो खालको संशोधन गर्नुपर्ने भन्ने विषय उल्लेख गरेका हुन् । ६ वटा दफामा सच्याउनुपर्ने भन्दै महासङ्घले प्रस्ताव अघि सारेको छ । उसले […]

त्रिविको उपकुलपतिका लागि पुन: दरखास्त आह्वान


काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर […]

मैदानेका विद्यार्थीको पीडा: ३ घण्टा जंगलको बाटो छिचोलेर विद्यालय


रामेछापको लिखु तामाकोशी–२ मैदानेबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो। गाउँबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ।   मैदानेका विद्यार्थीको पीडा ३ घण्टा जंगलको बाटो छिचोलेर विद्यालय रामेछाप– लिखु तामाकोशी गाउँपालिका–२ सैपु मैदानेका बालबालिका विद्यालय जानआउन दैनिक पाँच घण्टा जंगलको यात्रा गर्न बाध्य छन्। नजिकै विद्यालय नहुँदा सो गाउँका बालबालिकाले विद्यालय […]

‘अनौपचारिक शिक्षालाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्छ’


काठमाडौं । अनौपचारिक शिक्षा तथा आजीवन सिकाइको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। नेपालमा अहिले पनि केही जिल्ला साक्षर घोषणा हुन नसकेको अवस्थामा अनौपचारिक शिक्षाको आवश्यकता अनिवार्य भएकाले सरकारले ल्याएको यो अवधारणालाई कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। शुक्रबार वीरेन्द्रनगरमा शिक्षा तथा […]

यस्ता छन् विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव हालिएका महत्त्वपूर्ण बुँदा


कृष्णसिंह धामी काठमाडौँ । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधनका लागि १५२ जना सांसदले प्रस्ताव दर्ता गराएका छन् । उनीहरूले १ हजार ७५८ विवरणमा संशोधन प्रस्ताव गरेका हुन् । संशोधन प्रस्ताव हाल्नेमा सत्तारूढ दलकादेखि प्रतिपक्षी दलका सांसदसम्म छन् । उनीहरूले प्रस्तावनादेखि अनुसूचीसम्म संशोधन गर्नुपर्ने भन्दै प्रस्ताव हालेका हुन् । उनीहरूको संशोधन प्रस्तावमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य […]