विद्यार्थीलाई कोदोको खाजा, किसानलाई अनुदान र बजार सुनिश्चित
मकवानपुर । विद्यालयको भुईंतलाको पूर्वतर्फको ठूलो कोठामा राखिएका डेक्चीमा कोदो र फापरको पिठो मुछिएको छ। विद्यालयका तीन जना कर्मचारी दुई वटा चुल्होमा बसालिएका भाँडामा कोदो र फापरका पकौडा तथा चप बनाउन व्यस्त छन्। मकवानपुरगढी गाउँपालिका–२ शिखरकोटको चण्डिका माविले आफ्ना ३७५ जना विद्यार्थीलाई हरेक दिन स्थानीय उत्पादनको खाजा खुवाउँछ। हरेक बिहीबार भने विद्यालयमा कोदो र फापरका […]