जीतपुर सिमरा उपमहानगरद्वारा पहिलोपटक सामुदायिक विद्यालयका शिक्षक सरुवा


बारा । जीतपुर सिमरा उपमहानगरले पहिलोपटक सामुदायिक विद्यालय तहमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी ८२ जना शिक्षकको सरुवा गरेको छ । उपमहानगरको नगर शिक्षा समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिच्छेद ३ को दफा ११ को उपदफा २ बमोजिम मंगलबार सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवा गरेको हो । उपमहानगरले माध्यमिक तहका १५ जना, निम्न […]

शिक्षा, शिक्षक र राजनीति


गत बुधबार संसद्मा ‘शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ दर्ता भएर प्रक्रियामा छ । सो विधेयकको उद्देश्य र कारणमा ‘मुलुकको समग्र विकासका लागि नैतिक मूल्य र मान्यतासहितको सबल र सक्षम जनशक्ति विकास गर्न आवश्यक भएको।।।, नेपालको शासकीय मूल संरचनाअनुकूल हुने गरी।।।’ भनिएको छ । विद्यालयस्तरीय शैक्षिक क्षेत्रलाई सकारात्मक नियमन र व्यवस्थापनका दृष्टिले प्रस्तुत विधेयकका […]

लुम्बिनी र सुदुपश्चिम साक्षर प्रदेश घोषणा हुँदै


काठमाडौं ।  ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि, साक्षरताको प्रवद्र्धन’ भन्ने नाराका साथ ५७ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन मनाइदै छ । तर सरकारले देशव्यापी साक्षर अभियान सुरू गरेको १५ वर्षसम्म पनि यो अभियानले सफलता पाउन सकेको छैन । दुई वर्षमा साक्षर नेपाल घोषणा गर्ने लक्ष्यका साथ २०६५/६६ मा साक्षरता अभियान सुरुवात भएको हो । […]

पढाइसँगै सीप सिक्दै हुप्सेकोटका विद्यार्थी


  काठमाडौँ-नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका (१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छन्। विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइसम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेका छन्। सधैँ किताबमात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो तर […]

अध्ययनमा उत्साही आमाहरू


काठमाडौं, दाङ, बाँके, दैलेख, पाल्पा, म्याग्दी — मेरो जीवनका खाली पाना अझै बाँकी पो रहेछन् लाग्थ्यो, औपचारिक शिक्षाले मेरो जीवनमा पूर्णविराम पायो तर, धन्य मेरो गुरुकुल मलाई बाल्यकालमा फर्कायो।।। ५४ वर्षको उमेरमा विद्यालय शिक्षाको खुट्किलो पार गरेकी कल्पना पोखरेलको मनका बह हुन् यी । २०४३ सालमा एसएलसी पास गरेलगत्तै उनी विवाह बन्धनमा बाँधिइन् । दुई छोरीको हेरचाह […]

मधेशको शिक्षा कसको जवाफदेही  ?


-वीणा झा मधेशको एक विद्यालयका प्रधानाध्यापकसँग केही साताअघि अनौपचारिक छलफल हुँदा ‘मधेशको शिक्षा कसको जवाफदेही रु’ भन्ने सवाल उठ्यो । मैले त्यसको जवाफ खोज्न थालें । त्यस क्रममा थप प्रश्न उब्जिए— शिक्षा खोक्रो भएर कुनै देश समृद्ध बनेको इतिहास छ कुनै समय मधेशका शिक्षकले हिमाल तथा पहाडसम्म पुग्दै शिक्षा प्रदान गर्थे, आज मधेशकै शिक्षा यस्तो दयनीय अवस्थामा कसरी […]

शिक्षामा पहुँच पुर्‍याउन ‘सासुको इच्छा, बुहारीलाई शिक्षा’


सिन्धुलीको तीनपाटन गाउँपालिकाले उच्च शिक्षामा दलित महिलाको पहुँच पुर्‍याउन ‘सासुको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम ल्याएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिकाभित्र रहेको तीन वटा सरकारी तथा सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र गर्न चाहने दलित महिला (छोरी तथा बुहारी)लाई क्याम्पस भर्ना तथा मासिक शुल्क गाउँपालिकाले बेहोर्ने जनाएको […]

महानगरले संशोधन गर्‍यो शिक्षा ऐन, शिक्षकलाई राजनीति गर्न बन्देज


-नारायण किलम्बू काठमाडौं । शिक्षा आर्जन गर्ने थलो विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरेको छ । यसका साथै प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था पनि गरिएको छ । यी प्रावधानले विद्यालय शिक्षामा सुधार आउने अपेक्षा शिक्षक र विज्ञहरुले गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र […]

शिक्षक अभाव : दीर्घकालीन रोग


-देवीराम आचार्य साउन २ गते कान्तिपुरमा प्रकाशित दसपटकसम्म विज्ञापन गर्दा पनि गणित विषयको शिक्षक नपाइएको शीर्षकको समाचारले सरोकारवालाहरूको ध्यान खिच्यो । गाउँका विद्यालयहरूमा शिक्षक अभावको यस्तो कथा धेरै पहिलेदेखिकै हो । महालेखापरीक्षकको २०४० सालको प्रतिवेदनमा गणित र विज्ञान शिक्षकको अभावलाई शिक्षा क्षेत्रको समस्याका रूपमा उल्लेख गरिएको थियो । गणित र विज्ञान विषयका शिक्षकको अभाव ४० वर्षसम्म पनि उस्तै […]

शैक्षिक तालिममा समन्वय


प्राडा शोभाखर कँडेल प्राचीनकालमा गुरुकुल शिक्षा प्रणाली प्रचलित थियो। जसको उद्देश्य बालबालिकामा शारीरिक, मानसिक र सामाजिक गुणको विकास गराउनु हुन्थ्यो। गुरुको काखमा बसेर विद्यार्थीले भाषा तथा कलाका माध्यमबाट आध्यात्मिक र व्यावहारिक शिक्षा दिइन्थ्यो। मध्यकालमा आएर आध्यात्मिक तथा जीवनपयोगी सिपका अतिरिक्त तन्त्रशास्त्र समावेश गर्न थालियो। पछिल्लो समयमा व्यावसायिक समूह विभाजन गरी गुठीका माध्यमबाट व्यावसायिक शिक्षा दिन […]