स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमा
राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षाको थालनी गरेको छ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा यसको प्रयोग गरिएको हो । राष्ट्रिय परीक्षा बोर्ड शनिबारदेखि आयोजना गरेको अभिमुखीकरणमा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले विद्यार्थीको स्तरअनुसारका प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिएको जानकारी दिए । “पहिलो पटक भएकाले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयका प्रश्नपत्र स्तरीकृत रुपमा निर्माण गरियो” […]